५० रिंगिट मात्र तलव बढाएर सरकारले धोका दियोः मलेसियन ट्रेड युनियन कँग्रेस

काठमाडौ, भदौ २२-

मलेसियन ट्रेड युनियन कँग्रेस (एमटीयूसी) ले मलेसियन सरकारले न्यून आम्दानी भएका श्रमिकलाई धोका दिएको बताएको यसले अत्यन्तै न्यून तलव बृद्धि गरेर सरकारले यसअघिको चुनावी प्रतिवद्धता समेत तोडेको बताएको हो

एमटीयूसीका महासचिव जे सोलोमनले सरकारले कम आम्दानी भएका श्रमिकलाई न्याय नदिएको बताए मलेसियाको ठूलो श्रमिक संगठन एमटीयूसीका महासचिव सोलोमनले मलेसियाको पछिल्लो आम निर्वाचनको अघिल्लो दिन आफूहरुले महाथीर मोहम्मदको दललाई सहयोग गर्ने घोषणा गरेका थिए एमटीयूसीमा आवद्ध करोड ४० लाख श्रमिकले महाथिरको दललाई सहयोग गर्ने उनले घोषणा गरेका थिए

तर न्यून आम्दानी भएका श्रमिकमाथि गम्भीर धोका भएको सोलोमनले बताएका छन् उनले कडा प्रेस विज्ञप्ती जारी गर्दै प्रति महिना ५० रिंगिट तलव बृद्धिको घोषणाको आलोचना गरेका हुन् मलेसिया सरकारले आगामी जनवरी, २०१९ देखि प्रतिमहिना हजार ५० रिंगिट तथा प्रतिघण्टा दशमलव रिंगिट न्यूनतम तलव बनाउने घोषणा गरेको भोलीपल्ट सोलोमनको प्रेस विज्ञप्ती आएको हो

“झण्डै दुई बर्षपछि गरिएको न्यून तलव बृद्धिले हामीलाई दुखीत बनाएको छ” विज्ञप्तीमा भनिएको  “यसले न्यून आम्दानी भएका श्रमिकलाई निराश बनाएको ।” यति न्यून तलवले मर्यादित कामको अपेक्षा गर्न सकिन्न सोलोमनले भनेका छन् यो प्रतिवद्धता विपरितको सरकारको निर्णय हो

उनले अघिल्लो सरकारले मलेसियन नागरिकलाई समान रुपमा अवसरको बाँडफाँड नगरेको वर्तमान सरकारले पनि त्यसलाई नै निरन्तरता दिएकोमा दुःख  व्यक्त गरेका छन् । 

यो पनि पढ्नुहोस् मलेसियामा न्यूनतम तलव बृद्धि, जनवरी देखि बढेको तलव लागु हुने 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय