कतारी रियाल र युएई दिरमको मूल्य ३१ पुग्यो, यस्तो छ रिंगिट, दिनारको मूल्य

काठमाडौं, भदौ १९-

अमेरिकी डलरको मूल्यमा आएको बृद्धिसँगै बहुसंख्यक नेपाली रोजगारीका लागि जाने मुलुकका मुद्राको पनि मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर ३१ रुपैंयाँ २१ पैसा र विक्रि दर ३१ रुपैंयाँ ३८ पैसा छ । युएई दिरहमको खरिददर ३० रुपैंयाँ ९४ पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ १० पैसा छ । साउदी रियालको खरिददर ३० रुपैंया ३० पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ४६ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ५२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ६७ पैसा छ । रियाल, दिरामको मूल्य निक्कै बढेपनि झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्यमा भनें थोरै मात्र बृद्धि भएको छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३७५ रुपैंया १२ पैसा छ भनें विक्रि दर ३७७ रुपैंयाँ ११ पैसा छ । बहराइन दिनारको खरिददर ३०१ रुपैंयाँ ४०  पैसा छ भनें विक्रि दर ३०२ रुपैंयाँ ९९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

यो पनि पढ्नुहोस् मलेसियामा कति बढ्ला न्यूनतम तलव ? दुईसाता भित्रै घोषणाको अपेक्षा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय