क्वालालम्पुर, भदौ १७-
मलेसियाले स्वदेश फर्किन दिएको समयावधि सकिएपछि अवैधानिक रुपमा बसिरहेकाहरु पक्राउ व्यापक प्रहरी परिचालन भएको छ । प्रहरीले पहिलो दिन नै ५ सयजनालाई पक्राउ गरेको छ । मलेसियाको अनलाइन द स्टारले प्रशारण गरेको भिडियोमा त्यसरी अवैधानिक रुपमा बसिरहेकाहरुको भागाभाग भएको देखिएको छ ।
शुक्रवार मध्यरात देखि नै मलेसियाले व्यापक प्रहरी परिचालन गरेको थियो । यसक्रममा ४ हजार व्यक्तिको कागजात जाँच गरिएको जनाइएको छ । अध्यागमनका महानिर्देशक दातुक सेरी फुस्तफार अलीका अनुसार मलेसियाका विभिन्न ठाउँमा प्रहरी परिचालन भएको छ ।
प्रहरी परिचालन भएसँगै विभिन्न कम्पनीमा पुगेर प्रहरीले खानतलास गरिरहेको छ । एक ग्लोव कम्पनीमा प्रहरी आएको थाहा पाएपछि भाग्ने क्रममा एक महिलाको खुट्टामा चोट लागेको प्रहरीको भनाई छ । अव प्रहरीको चेकजाँच दिउँसो वा राती जुनसुकै समयमा चल्ने जनाइएको छ ।
सन् २०१४ देखि २०१८ अगष्ट ३१ भित्रमा ८ लाख अवैधानिक रुपमा बस्दै आएका आप्रवासी कामदार स्वदेश फर्किएको मलेसियाको अध्यागमन कार्यालयले जनाएको छ ।
यो पनि पढ्नुहोस् एनआरएनको मध्यपुर्व भेला र मेरा अनुत्तरित प्रश्नहरु
भिडियो हेर्नुहोस् {source}<iframe src=’//players.brightcove.net/4405352761001/default_default/index.html?videoId=5829696735001′ allowfullscreen frameborder=0></iframe>
{/source}
