विदेशी मुद्राको दरभाउ: कतार, युएई, साउदीका नेपालीलाई फाइदा, मलेसियाको अझै उस्तै

काठमाडौं, भदौ ११–

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर ३० रुपैंयाँ ६४ पैसा र विक्रि दर ३० रुपैंयाँ ८० पैसा छ । युएई दिरहमको खरिददर ३० रुपैंयाँ ३७ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ५३ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया ७४ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ९० पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ १५ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ३० पैसा छ । रियाल, दिरामको मूल्य बढेपनि झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्य केहि समययता स्थीर छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३६८ रुपैंया ३५ पैसा छ भनें विक्रि दर ३७० रुपैंयाँ ३४ पैसा छ । बहराइन दिनारको खरिददर २९५ रुपैंयाँ ८७  पैसा छ भनें विक्रि दर २९७ रुपैंयाँ ४६ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय