युएईबाट गरियो ९१ हजार सहयोग

युएई, भदौ ६-

मृगौलाको समस्या झेलिरहेकी झापा कचनकवल २ कि खेमकुमारी श्रेष्ठको उपचारका लागि युएईमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ । युएईमा बसोवास गर्दै आएका निश्चल दाहालको अग्रसरतामा सो रकम संकलन गरिएको थियो ।

दाहालको ब्याक्तिगत प्रयास र झापाली समाज युएईको गत तीज कार्यक्रमबाट संकलित रकम जम्मा गरेर ९१ हजार ६ सय रुपैयाँ श्रेष्ठका श्रीमान विनोद मास्केको नाममा पठाइएको अभियन्ता दाहालले बताए ।

गत १७ अगष्ट, शुक्रबारका दिन झापाली समाज युएईको तीज विशेष कार्यक्रमबाट करिब ४० हजार रुपैयाँ संकलन भएको थियो । दाहालको प्रयासमा थप करिव ५२ हजार संकलन भएको थियो ।

निम्न वर्गीय परिवारकी ४५ वर्षिया श्रेष्ठको दुबै मृगौलाले काम नगरेपछि दाताहरुसँग सहयोगको अपिल गरिएको थियो । उपचार खर्च जुटाउन अपिल गरिएकोमा आफ्नो दायित्व सम्झेर अभियान चलाएको र अभियानमा साथ दिने सबैलाई पीडितको तर्फबाट दाहालले आभार प्रकट गरेका छन् 

यो पनि पढ्नुहोस् आमा भन्छिन्ः कुखुरा जुध्दा पनि मेरो छोरो परदेशबाट आइपुग्यो झैं लाग्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय