काठमाडौं, भदौ ३-
कान्तिपुर ओभरसिज सर्भिस प्रालि सामाखुसीले पूर्व स्विकृति समेत नलिइ कतार पठाइदिने भन्दै प्रतिव्यक्ति १ लाखसम्म असुल गरेको अभियोगमा बैदेशिक रोजगार विभागले छापा हानेको छ ।
सो मेनपावर कम्पनीले अन्तर्वार्ता लिइरहेको भन्ने सुचना श्रम मन्त्रालयमा प्राप्त भएपछि विभागको टोलीले अन्तर्वार्ता स्थलमै छापा हानेको हो । त्यसक्रममा उक्त म्यानपावरका गतिविधि शंकास्पद देखिएकोले सम्पुर्ण कागजपत्र जफत गरि उक्त कम्पनिको सम्पुर्ण कारोबार रोक्का गरि थप अनुसन्धान अगाडी बढाइएको विभागले जनाएको छ ।
यो पनि पढ्नुहोस् नेपालको धारणाः कामदार जाँदा लाग्ने खर्च रोजगारदाताले तिर्नुपर्छ
