मलेसियामा १५ प्रतिशत मात्रै विदेशी कामदार राख्ने प्रस्ताव, नेपालसँग छलफलका लागि मलेसियाका मन्त्री आउन र्ईच्छुक

काठमाडौं, साउन २७-

मलेसियाले विदेशी कामदारमाथिको निर्भरता घटाउँदै लैजाने भएको छ । त्यहाँको मानव संशाधन मन्त्रालयले विदेशी कामदारको संख्या घटाउने गरी तयार पारेको प्रस्तावमा आगामी मंगलवार छलफल हुँदैछ । गृहमन्त्रीसँग गरिने छलफल पश्चात प्रस्तावले अन्तिम रुप पाउने मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले बताएका छन् ।

मन्त्री सेगारनका अनुसार हरेक रोजगारदाताले कुल कामदार मध्ये १५ प्रतिशत मात्र विदेश कामदार राख्न पाउने व्यवस्था प्रस्ताव गरिएको बताएका छन् । मलेसियाका सञ्चार माध्यमका अनुसार उनले यस विषयमा आगामी मंगलवार गृहमन्त्रीसँग छलफल हुने बताएका छन् ।

उदाहरणका लागि कुनै रोजगारदाताले एक सय जना कामदार राख्दैछन् भनें केवल १५ जना मात्र विदेशी कामदार राख्न पाउने अनुमति पाउनेछन् मन्त्री कुलासेगरनको भनाई उधृत गर्दै लेखिएको छ यसले मलेसियन नागरिकले बढी रोजगारी पाउनेछन् । हाल मलेसियाबाट रोजगारीका लागि सिंगापुर,अष्ट्रेलिया लगायतका मुलुकमा त्यहाँका नागरिक पुग्ने गरेका छन् । हाल पनि अधिकाँश कम्पनीहरुमा वैधानिक रुपमा रहेर काम गर्नेहरुको संख्या १५ प्रतिशत रहेको र बाँकी अवैधानिक रुपमा बसोवास गरिरहेकाहरु रहेको मन्त्री कुलासेगरनको भनाई छ ।

यसैबीच मलेसियाका मानव संशाधन मन्त्री कुलासेगरनले आफू नेपालको भ्रमणमा आउन लागेको बताएका छन् । उनले नेपालबाट पछिल्लो समयमा कामदार आउन रोकिएको विषयमा बोल्दै नेपाल र मलेसियाबीच छिट्टैै एमओेयू हुने बताएका छन् । यसका लागि नेपाल तयार भइसकेको भन्दै आवश्यक छलफलमा लागि आफूलाई नेपाल पठाउने विषयमा मलेसियाको मन्त्री परिषद बैठकले निर्णय गरिसकेको जनाए ।

उनले मलेसियन रोजगारदाताहरु नेपाली कामदार राख्न र्ईच्छुक भएपनि हाल नेपालबाट कामदार आउन रोकिएको भन्दै द्धिपक्षिय छलफलबाट समस्या सुल्झिने विश्वास व्यक्त गरे । उनले विचौलियाकै कारण समस्या भएको भन्दै दुई देशका सरकारी तहमै हुने छलफल र नयाँ व्यवस्थाले यो अवस्था अन्त्य हुने विश्वास व्यक्त गरे । उनले समस्या नसुल्झिएसम्म  रोजगारदाताहरुले धैर्यता देखाउने विश्वास समेत व्यक्त गरे ।

यो पनि पढ्नुहोस् मलेसियाले आउँदो हप्ता विदेशी कामदार सम्वन्धि नयाँ नीति ल्याउने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय