मलेसियामा १५ प्रतिशत मात्रै विदेशी कामदार राख्ने प्रस्ताव, नेपालसँग छलफलका लागि मलेसियाका मन्त्री आउन र्ईच्छुक

काठमाडौं, साउन २७-

मलेसियाले विदेशी कामदारमाथिको निर्भरता घटाउँदै लैजाने भएको त्यहाँको मानव संशाधन मन्त्रालयले विदेशी कामदारको संख्या घटाउने गरी तयार पारेको प्रस्तावमा आगामी मंगलवार छलफल हुँदैछ गृहमन्त्रीसँग गरिने छलफल पश्चात प्रस्तावले अन्तिम रुप पाउने मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले बताएका छन्

मन्त्री सेगारनका अनुसार हरेक रोजगारदाताले कुल कामदार मध्ये १५ प्रतिशत मात्र विदेश कामदार राख्न पाउने व्यवस्था प्रस्ताव गरिएको बताएका छन् मलेसियाका सञ्चार माध्यमका अनुसार उनले यस विषयमा आगामी मंगलवार गृहमन्त्रीसँग छलफल हुने बताएका छन्

उदाहरणका लागि कुनै रोजगारदाताले एक सय जना कामदार राख्दैछन् भनें केवल १५ जना मात्र विदेशी कामदार राख्न पाउने अनुमति पाउनेछन् मन्त्री कुलासेगरनको भनाई उधृत गर्दै लेखिएको यसले मलेसियन नागरिकले बढी रोजगारी पाउनेछन् हाल मलेसियाबाट रोजगारीका लागि सिंगापुर,अष्ट्रेलिया लगायतका मुलुकमा त्यहाँका नागरिक पुग्ने गरेका छन् हाल पनि अधिकाँश कम्पनीहरुमा वैधानिक रुपमा रहेर काम गर्नेहरुको संख्या १५ प्रतिशत रहेको बाँकी अवैधानिक रुपमा बसोवास गरिरहेकाहरु रहेको मन्त्री कुलासेगरनको भनाई

यसैबीच मलेसियाका मानव संशाधन मन्त्री कुलासेगरनले आफू नेपालको भ्रमणमा आउन लागेको बताएका छन् उनले नेपालबाट पछिल्लो समयमा कामदार आउन रोकिएको विषयमा बोल्दै नेपाल मलेसियाबीच छिट्टैै एमओेयू हुने बताएका छन् यसका लागि नेपाल तयार भइसकेको भन्दै आवश्यक छलफलमा लागि आफूलाई नेपाल पठाउने विषयमा मलेसियाको मन्त्री परिषद बैठकले निर्णय गरिसकेको जनाए

उनले मलेसियन रोजगारदाताहरु नेपाली कामदार राख्न र्ईच्छुक भएपनि हाल नेपालबाट कामदार आउन रोकिएको भन्दै द्धिपक्षिय छलफलबाट समस्या सुल्झिने विश्वास व्यक्त गरे उनले विचौलियाकै कारण समस्या भएको भन्दै दुई देशका सरकारी तहमै हुने छलफल नयाँ व्यवस्थाले यो अवस्था अन्त्य हुने विश्वास व्यक्त गरे उनले समस्या नसुल्झिएसम्म  रोजगारदाताहरुले धैर्यता देखाउने विश्वास समेत व्यक्त गरे

यो पनि पढ्नुहोस् मलेसियाले आउँदो हप्ता विदेशी कामदार सम्वन्धि नयाँ नीति ल्याउने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय