विदेश जाने घटे, पीडित बढे

 

काठमाडौं, साउन ४-

निरन्तर तीन वर्षदेखि घट्दो वैदेशिक रोजगारी आर्थिक वर्ष ०७४७५ मा पनि दोहोरिएको छ। स्वदेशमा रोजगारीका अवसर सिर्जना भइनसक्दै विदेश जाने युवाको संख्या घट्नुलाई श्रम बजारमा अनेक चर्चा गरिए पनि ठोस कारण भने फेला पर्न सकेको छैन।  

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०७३७४ मा नयाँ श्रम स्वीकृति लिएर तीन लाख ८३ हजार चार सय युवायुवती वैदेशिक रोजगारीमा गएका थिए केही दिनअघि सकिएको आर्थिक वर्ष ०७४७५ मा नयाँ श्रम स्वीकृति लिएर बिदेसिने युवाको संख्या तीन लाख ५४ हजार रह्यो।  

अघिल्लो आर्थिक वर्षको तुलनामा पहिलोपटक वैदेशिक रोजगारीमा जानेको संख्या करिब २९ हजारले कमी हो देशको अर्थतन्त्र रेम्यिान्सले धानेको भन्ने गरिएको बेला वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घटिरहँदा त्यसले अर्थतन्त्रमा नकारात्मक असर पर्ने अनुमान गरिएको नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०७४७५ को ११ महिनाको (साउनजेठ) अवधिसम्म खर्ब ७९ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको त्यसभन्दा अघिल्लो आर्थिक वर्ष करिब सात खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।  

पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटेको असर अर्को वर्ष देखिने विज्ञहरू ठान्छन् विदेश जाने कामदारलाई श्रम स्वीकृति जारी गर्ने गरेको वैदेशिक रोजगार विभाग अन्तर्गतको काठमाडौं कार्यालयका प्रमुख भविश्वर पाण्डे पछिल्लो समयमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्नुको कारण स्वदेशमा रोजगारीका अवसर वृद्धि नभई गन्तव्य मुलुकको समस्याले हुन सक्ने ठान्छन्।

 विभागका अनुसार आर्थिक वर्ष ०७३७४ को तुलनामा आर्थिक वर्ष ०७५७५ मा म्यानपावर एजेन्टले ठगेको भन्दै दोब्बर दाबीसहितको उजुरी परेको

दुई महिनादेखि मलेसिया रोजगारी बन्द , त्यो बाहेक कतार साउदीबाट आउने कामदारको माग पनि निकै घटेको देखिन्छ,’ पाण्डेले भने, ‘त्यस्तै नेपाली युवामा वृद्धि भएको चेतनाका कारण कमसलखाले  कम्पनीका लागि काम गर्न नगएर संख्या घटेको पनि हुनसक्छ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ गते मलेसिया सम्बद्ध चार संस्था ९भिएलएन, बायोमेट्रिक, ओएससी माइग्राम्स० खारेज गरेका कारण मलेसियाको रोजगारी बन्द हालसम्म मलेसिया नेपालको सबभन्दा ठूलो गन्तव्य हो मन्त्रालयले चार संस्था खारेज गर्ने निर्णय गरे पनि मलेसियन सरकारले ती संस्थाबारे कुनै निर्णय नगर्दा मलेसिया रोजगारी बन्द भइरहेको हो आर्थिक वर्ष ०७२(७३ मा श्रम स्वीकृति लिएर चार लाख १२ हजार सात सय युवा वैदेशिक रोजगारीमा गएका थिए।  

नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या घटेसँगै पुनः श्रम स्वीकृति लिएर विदेश जानेको संख्या पनि घटेको विभागका अनुसार आर्थिक वर्ष ०७३७४ मा नयाँ पुरानासहित लाख ४२ हजार आठ सय ५९ युवायुवती वैदेशिक रोजगारीमा गएकोमा अर्कोवर्ष अर्थात आर्थिक वर्ष ०७४७५ मा नयाँ पुनः श्रम स्वीकृति लिएर लाख १२ हजार सय ८५ युवा रोजगारीका लागि विदेश गए। 

पीडित हुने क्रम बढ्दो

रोजगारीका लागि विदेश पस्ने युवाको संख्या निरन्तर घटिरहेको बेला पीडित हुनेको संख्या भने वृद्धि भइरहेको पीडित हुनेको संख्या वृद्धि भइरहेकाले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित पारदर्शी बनाउन अझै थुपै्र काम गर्नुपर्ने देखिएको छ।  

 विभागका अनुसार आर्थिक वर्ष ०७३७४ को तुलनामा आर्थिक वर्ष ०७४७५ मा म्यानपावर एजेन्टद्वारा ठगीमा परेको भन्दै दोब्बर दाबीसहितको उजुरी परेको तोकिएभन्दा बढी शुल्क असुली गरेको तथा सम्झौता अनुसार काम पारिश्रमिक नपाएको भन्दै आर्थिक वर्ष २०७४७५ मा एक अर्ब ५२ करोड २० लाख ७६ हजार रुपैयाँ क्षतिपूर्तिको माग राखी विभागमा उजुरी दर्ता भएका छन् आर्थिक वर्ष ०७३७४ मा विभागमा ७५ करोड ७७ लाख रुपैयाँ ठगी भएको भन्दै करिब दुई हजार चार सय उजुरी परेका थिए।  

वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गर्दा एजेन्ट म्यानपावरको ठगी धन्दा उस्तै भएकाले पीडितको संख्या बढ्दै गएको बताइन्छ वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै जान थालेपछि म्यानपावर व्यवसायीबीच नै अस्वस्थ प्रतिस्पर्धा चल्न थालेको  विभागका एक कर्मचारीले बताए यस्तै पाराले वैदेशिक रोजगारीमा जानेको संख्या घट्ने हो भने म्यानपावर व्यवसायीबीच नै ठूलो द्वन्द्व हुने देखिन्छ,’ ती कर्मचारीले भने, ‘के के पाइएला भनेर म्यानपावर थपिने क्रम जारी विदेश जाने युवा पाउन गाह्रो जस्तो विभागमा दर्ता भएका एक हजार चार सय म्यानपावरमध्ये करिब एक हजार एक सय म्यानपावरले युवालाई विदेश पठाउने गर्छन् नागरिकबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय