न्यूनतम तलव १३ हजार ४ सय ५० मा ट्रेड युनियन र रोजगारदाता सहमत

काठमाडौं, असार २५-

रोजगारदाता र ट्रेड युनियनबीच मासिक न्यूनतम ज्याला १३ हजार ४ सय ५० बनाउने सहमति भएको छ । छलफलमा ट्रेड युनियनका तर्फबाट प्रतिनिधित्व गरेका जिफन्टका उपाध्यक्ष दिपक पौडेलका अनुसार दुई पक्षबीच न्यूनतम ज्यालामा सहमति जुटेको हो । हाल नेपालमा श्रमिकको न्यूनतम ज्याला ९ हजार ७ सय छ । त्यसैले दुई पक्षबीच आगामी साउनदेखि ३ हजार ७ सय ५० बृद्धि गर्ने सहमति जुटेको हो ।  

दुई पक्षबीच सहमति जुटेपछि यसलाई औपचारिक रुप दिन अव केहिबेरमा सरकार सहित त्रिपक्षिय छलफल हुनेछ । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायमा त्रिपक्षिय छलफल हुनेछ । रोजगारदाता र ट्रेड युनियनबीच न्यूनतम ज्यालामा सहमति भएसँगै केहि समययता चल्दै आएको रस्साकस्सीले किनारा पाएको छ ।

यो पनि पढ्नुहोस् न्यूनतम तलव १४ हजारको आसपासमा सहमति नजिक ट्रेड युनियन र रोजगारदाता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय