काठमाडौं, असार २५-
न्यूनतम ज्याला पुनरावलोकन गर्न रोजगारदाता र ट्रेड युनियनबीच अन्तिम चरणको छलफल जारी छ । यो समाचार तयार पार्दा होटल हिमालयमा चलिरहेको छलफलमा दुवैपक्ष लगभग सहमतिमा आइपुगेका छन् ।
छलफलका एक सहभागिका अनुसार रोजगारदाताहरु हाल खाइपाइ आएको तलवमा ३५ सय थप्न तयार देखिएका छन् । यो भनेको १३ हजार २ सय हो । हाल न्यूनतम ज्याला ९ हजार ७ सय छ । तर ट्रेड युनियनहरु न्यूनतम ज्याला मासिक १५ हजार हुनुपर्ने अडानमा छन् । तर ति सहभागिका अनुसार ट्रेड युनियनहरु पनि १४ हजारसम्म भएमा सहमति गर्ने मनस्थीतिमा देखिन्छन् ।
दुई पक्षिय छलफल सकिएपछि सरकारी प्रतिनिधि सहित त्रिपक्षिय छलफल हुनेछ । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ११ बजेका लागि बैठक राखिएपनि दुई पक्षिय छलफल अझै एक डेढ घण्टा लम्विने देखिएको ति सहभागिले बताए । त्यसैले दिउँसो २ बजेपछि त्रिपक्षिय छलफल हुन सक्ने उनले बताए ।
साउन अगावै न्यूनतम ज्याला सरकारले तोकिसक्नु पर्छ । हरेक दुई बर्षमा न्यूनतम ज्याला पुनरावलोकन हुने कानूनी व्यवस्था छ ।
यो पनि पढ्नुहोस् श्रीमान परदेशमा बेखवर भएपछि रामकुमारीलाई घर चलाउनै समस्या
