मलेसियाबाट रित्तो हात फर्केर नेपालमा सुरु गरेको कामबाट भयो उन्नती

हरिराम कार्की-

बैदेशिक रोजगारका लागि पहिले मलेसिया गएको थिएँ विदेशमा राम्रो कमाई हुन्छ भन्ने सुनेर त्यहि धेरै कमाउने आशमा त्यहाँ पुगेको थिएँ तर त्यहाँ १८ महिना भन्दा धेरै बस्न सकिन मलाई दलालले यहाँ जे भनेर पठाएको थियो मलेसियामा त्यो तलव, काम, सेवा, सुविधा केहि पाइन तीन बर्षको लागि कमाउन भनेर गएको मान्छे बीचमै फर्किनु पर्यो

मलेसियाबाट फर्किएपछि व्यवसायीक रुपमा तरकारी खेतीमा लागें विदेशमा अर्काले भने अनुसार, उसले खटाए अनुसार काम गर्नु पर्दछ त्यो विदेशमा गर्नुपर्ने दुःख देखेपछि आखिर दुःख नै गर्नुछ भनें किन आफ्नै देशमा नगर्ने भन्ने लागेर मैले नेपाल फर्केर तरकारी खेती गर्न थालेको हुँ

यसरी तरकारी खेती गर्न थालेपछिको मुख्य कुरा आत्मसन्तोष भयो विस्तारै सिक्दै गएँ जसले मेरो आम्दानी पनि बृद्धि हुँदै गयो विदेशमा हुने कमाई भन्दा कहाँ हो कहाँ धेरै हुन थाल्यो अर्को कुरा नेपालमा हुँदा आफ्नो परिवार आफैंसँग भयो यो धेरै ठूलो कुरा हो जुन हामी विदेश जानेले अनुभव गर्दछौं

विदेशले मलाई गरेदेखि जहाँ पनि कमाई हुन्छ भन्ने कुरा सिकायो नगरी जहाँ पुगेपनि केहि हुन्न रहेछ भन्ने सिकाएको तरकारी खेतीले आर्थिक रुपमा पनि राम्रो भएको सवै खर्च कटाएर बार्षिक रुपमा लाख कमाइरहेको छु यो भनेको मासिक सरदर ५० हजार भन्दा माथि नै हो तरकारी बेच्न कहिले काहिं केहि समस्या पर्छ नत्र खास समस्या छैन

कतिपयले भन्छन् किसानको काम दुःखको हुन्छ भनेर तर मेरो अनुभवमा चाहिं विदेशको काम भन्दा नेपालमा खेतीपाती गर्नु धेरै सुखको काम हो यहाँ आफ्नो समय अनुकुल पारेर काम गर्न पाइन्छ विदेशमा त्यस्तो हुन्न   

हाम्रा दाजुभाई दिदी बहिनीहरुलाई भरसक विदेश नजानुस् भनेर सल्लाह दिन्छु यदि जानु नै हुन्छ भनें त्यहाँको कम्पनी, त्यसको सेवा, सुविधा बुझेर त्यहि अनुसारको सीप सिकेर, थोरै भएपनि भाषा जानेर जानुस् भन्ने सल्लाह दिन्छु तर फेरी पनि मेरो सल्लाह, कसैले भनेको भरमा विदेश नदौडौं, विदेशको भन्दा धेरै कमाई नेपालमा नै हुन्छ

(कार्कीसँग गरिएको कुराकानी शनिवार विहान ९ः१५ देखि १०ः०० बजेसम्म प्रशारण हुने कार्यक्रम सुनौलो मौकामा प्रशारण गरिएको यो सामग्री २७ जेठ, २०७५ मा प्रकाशित भएको हो )

यो पनि पढ्नुहोस् रमादानमा विदेशमा हराएको छोरोको फोन पर्खिंदै बाबु आमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय