काठमाडौं, जेठ १५-
सरकारले वैदेशिक रोजगारीबाट फर्केका नेपालीको सीप परीक्षण गरेर उद्यम गर्नको लागि १० लाखसम्म ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरिरहेको सरकारको बजेटमा यो कार्यक्रम परेको छ । यसैगरी सीप सिकेका व्यक्तिलाई मात्र वैदेशिक रोजगारीमा जान दिने र ७ वटै प्रदेशमा श्रम स्वीकृतिको लागि कार्यालय स्थापना गर्न सरकारले बजेट छुट्याएको छ ।रोजगारीका लागि नेपाली जाने मुलुकहरुसँग द्धिपक्षिय श्रम सम्झौतालाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।
त्यसैगरी च्यालेन्ज फन्ड स्थापना गर्ने, वैदेशिक रोजगारीको कार्यमा संलग्नलाई आन्तरिक रोजगार सिर्जनमा प्रयोग गर्ने बजेटमा कार्यक्रम छ । यसरी नै विदेशमा कार्यरत नेपालीको नेपालमा जलविद्युत आयोजनाहरु निर्माणमा संलग्नता बढाउने नीति पनि सरकारले लिएको छ ।
यो पनि पढ्नुहोस् घरेलु कामदारको श्रम स्वीकृति तत्काल नखुल्ने
