मलेसिया जान बन्द, रोकियो पूर्व स्वीकृति पनि 

काठमाडौं, जेठ १२-

नेपाली श्रमिकलाई रोजगारीका लागि मलेसिया पठाउन व्यवसायीले लिने पूर्व स्वीकृति रोकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्कालका लागि पूर्व स्वीकृति दिन रोकेको हो

मन्त्रालयले बैदेशिक रोजगारीमा जाने कामदारहरुलाई आर्थिक भार पार्ने काम गरिरहेको भन्दै बायोमेटिक, ओएससी, जिएसजी, माइग्राम लगायतका संस्थाहरु खारेज गरेपछि हालका लागि पुर्व स्वीकृति पनि बन्द गरेको हो मन्त्रालयले श्रमिक ठग्ने काम नियन्त्रण गर्न कडा रुप अपनाएपछि सुरुमा व्यवसायीले मलेसियाको नेपालस्थीत दूतावास मार्फत दवाव दिन खोजेका थिए तर श्रम मन्त्री गोकर्ण विष्ट गृहमन्त्री रामबहादुर थापा, वादलले कडा कदम चालेपछि कामदारसँग रकम उठाउन विभिन्न संस्था खोलेर बसेका व्यवसायीको भागाभाग भएको

नेपालले अवैधानिक भन्दै ति संस्था खारेज गरेपनि हालसम्म मलेसियाले खारेज गरेको छैन मलेसियाको सरकारी निकायसँग पहुँच बनाएर नै रकम उठाउन संस्था खडा गरिएका कारण हाल मलेसिया जाने नेपाली कामदारको जाने प्रकृया यसअघि नै अवरुद्ध भइसकेको हाल मलेसिया नेपाली श्रमिकका लागि पहिलो गन्तव्य मुलुक हो  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय