अव देखि मागपत्र प्रमाणिकरण दूतावासबाट मात्र

काठमाडौँ, बैशाख २५- 

नेपाली कामदारको मागपत्र अवदेखि गन्तव्यमुलुकका नेपाली कुटनीतिक नियोगबाट मात्र प्रमाणित गर्न पाइने भएको छ । मन्त्रीपरिषद बैठकले विदेशबाट कामदार लिने रोजगारदाताले अनिवार्य रुपमा नेपाली नियोगबाट नै मागपत्र प्रमाणित गर्नुपर्ने निर्णय गरेको हो ।

सोमवारको मन्त्रीपरिषद बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पेश गरेको सो प्रस्ताव पारित भएको हो । गलत मागपत्रका कारण नेपाली श्रमिक गन्तव्य मुलुकमा पुगेपछि समस्यामा पर्ने गरेका कारण केहि समययता अनिवार्य रुपमा मागपत्र नेपाली कुटनीतिक नियोगबाट मात्र प्रमाणित हुनुपर्ने व्यवस्थाको आवाज उठाईंदै आएको थियो ।

बैदेशिक रोजगार ऐन २०६४ ले नै गन्तव्य मुलुकमा रहेको नेपाली कुटनीतिक नियोग, च्याम्वर अफ कमर्श वा नोटरी पव्लीकबाट मागपत्र प्रमाणिकरण गर्न पाइने व्यवस्था छ । त्यसैले ठग कम्पनी तथा रोजगारदाताहरुले गलत मागपत्र नेपाली नियोग बाहेक अन्यबाट प्रमाणिकरण गरेर पठाएर नेपाली श्रमिकलाई शोषण गर्दै आएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय