नेपाल एयरलाइन्समा कार्यरत ४ सय ५० श्रमिकले नियूक्ती पत्र पाउने

 

काठमाडौं, चैत्र २९-

नेपाल एयरलाइन्स अन्तर्गत सुनगाभा सप्लायर्स प्राली र नयाँ नेपाल जनशक्ती सप्लायर्स प्रालीमा कार्यरत ४ सय ५० जना श्रमिकहरूले नियूक्ती पत्र पाउने भएका छन ।

जिफन्ट आवद्ध यूनिट्राभ र सुनगाभा सप्लायर्स प्राली, नयाँ नेपाल जनशक्ती सप्लायर्स प्राली बिच श्रमिकहरूले खाइपाई आएको तलवमा २ हजार २ सय रूपैंया थप गर्ने, १५ दिन भित्र परिचय पत्र, नियुक्ति पत्र उपल्ब्ध गराउने सहमती भएको हो ।

त्यसैगरी श्रमिकहरूको न्यूनतम वेतनको १० प्रतिशत ब्यवस्थापन पक्षले थप गरी सञ्चयकोषमा जम्मा गर्ने, अगामी दिनमा आईपर्ने समस्या समाधान गर्न ट्रेड यूनियनको तर्फबाट ३ जना प्रतिनिधी सहित ९ जनाको समस्या समाधान कमिटी समेत गठन गर्ने सहमती भएको छ ।

आगामी दिनमा राज्यबाट श्रमिकहरूको सेवा सर्त तथा सुविधा बढेमा सोहि अनुसार लागु हुने पनि सम्झौता भएको छ ।

यो पनि पढ्नुहोस् कुन मेनपावर कम्पनी कस्तो < अव अनलाइनबाट नै थाहा पाइने

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय