काठमाडौं, चैत्र २३-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ८० पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ९६ पैसा छ । झण्डै साढे दुईबर्ष पछि २७ पुगेको रिंगिटको मूल्य केहि दिनयता स्थीर जस्तै छ ।
यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ४६ पैसा र विक्रि दर २८ रुपैंयाँ ६३ पैसा छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ २१ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३८ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ६३ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७९ पैसा छ ।
कुवेती दिनारको खरिददर ३४५ रुपैंया ३१ पैसा छ भनें विक्रि दर ३४७ रुपैंयाँ ३१ पैसा छ । बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ ८० पैसा छ भनें विक्रि दर २७६ रुपैंयाँ ३९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् विदेश पठाउने नाममा एजेण्टले हडपेको १ करोडको जग्गा १३ बर्षपछि फिर्ता
