रिंगिट झण्डै तीन बर्षयताकै उच्च मूल्यमा, रियाल, दिराम र दिनारको पनि मूल्य बढ्यो

       

काठमाडौं, चैत्र १८-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ९० पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५ पैसा छ । रिंगिटको मूल्य झण्डै तीन बर्ष पछि २७ पुगेको हो । यसले मलेसियामा कार्यरत नेपालीलाई फाइदा भएको छ ।

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ५६ पैसा र विक्रि दर २८ रुपैंयाँ ७२ पैसा छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ ३१ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४७ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ७३ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८९ पैसा छ ।

कुवेती दिनारको खरिददर ३४६ रुपैंया ९५ पैसा छ भनें विक्रि दर ३४८ रुपैंयाँ ९५ पैसा छ । बहराइन दिनारको खरिददर २७५ रुपैंयाँ ७४ पैसा छ भनें विक्रि दर २७७ रुपैंयाँ ३३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस् प्रेम राई बचाउ अभियानमा संकलन भयो ६० लाख, थप ३५ लाखका लागि अभियान जारी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय