साउदीबाट उद्धार गरिदिन अपिल

नेपालगन्ज, चैत्र १३-

बर्दियाको गुलरियाका त्रिवेणी मल्लाह ९ महिनादेखि साउदी अरबमा अलपत्र परेका छन् । उनी कार्यरत कम्पनीले कागजात जफत गरेर पारिश्रमिकसमेत रोकेको छ ।

उनी वैदेशिक रोजगारीका लागि दुई वर्षअघि साउदी पुगेका थिए । श्रम स्वीकृति घर्किंदै गर्दा घर फर्किने तयारी गरिरहेका बेला कम्पनीले सबै कागजात नियन्त्रणमा लिएको पत्नी रेखाकुमारीले बताइन् । उनी कागजात समेत नभएपछि स्वदेश फर्किन सकेका छैनन् ।

उनका पति ‘मसुद सिड जनरल कन्सल्टेन्सी कम्पनी’ मार्फत साउदी गएका हुन् । विदेश जाँदा उनले सबै कानुनी प्रक्रिया पूरा गरेका छन् । काम गर्ने कम्पनीले कागजात कब्जामा लिएका कारण समस्यामा छन् । दैनिक फोन गरेर उद्धारका लागि पहल थाल्न आग्रह गर्दै आएका छन्, मल्लाह । 

यो पनि पढ्नुहोस् कतारमा एक हप्ताभित्रै कामदारको उजुरी छिनोफानो गर्न बनाइएको समितिले काम थाल्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय