दोहा, चैत्र ७-
नेपाल पत्रकार महासंघ, कतार शाखाले कतारबाट नेपालमा पर्यटक भित्रियाउन महत्वकांक्षी परियोजना अघि बढाएको छ । यसका लागि महासंघले पहिलो चरणमा गैर आवासिय नेपाली संघ, कतार, नेपाली ब्यवसायी संघ, कतार तथा अन्तराष्ट्रिय नेपाली मुुस्लीम समाज, कतारसंग छलफल गरेको छ ।
छलफलमा महासंघका अध्यक्ष करिमबक्स मियाँले कतारबाट नेपालमा पर्यटन भित्रियाउन र नेपालको आर्थिक पक्ष सुुधार गर्न अब ढिला गर्न नहुुने भन्दै कतारमा स्थापित नेपाली संघसंस्थाहरुसंगको सहकार्यमा नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, होटल एशोसिएसन अफ नेपाल लगायतको सहयोगमा पर्यटन प्रवद्र्धनको काम अगाडी बढाउने बताए । यसका लागि महासंघ अघि बढी सकेकोले एनआरएन, कतारका नेपाली ब्यबसायी तथा बिभिन्न संघसंस्थाहरुको सहयोग र सहकार्यले मात्रै देशलाई आर्थिक टेवा पुुर्याउने यसप्रकारको कार्य सफल हुुने भन्दै सहयोगका लागि उनले आग्रह गरे ।
छलफलका क्रममा एनआरएनए कतारका अध्यक्ष नबिन पोख्रलले कतारबाट नेपालमा पर्यटक भित्रियाउन नेपाल पत्रकार महासंघ कतार शाखासंग मिलेर काम गर्न एनआरएनए, कतार तयार रहेको बताउंदै यसका लागि एनआरएनले यथाशिघ्र कार्यसमिति र बिभागीय समितिमा छलफल गरिने बताए ।
नेपाली ब्यवसायी संघका अध्यक्ष महेन्द्र चौलागाईंले नेपाल पत्रकार महासंघको अवधारणा प्रति खुुसी ब्यक्त गर्दै कम्तिमा पनि एक ब्यवसायीले एक कतारीलाई नेपाल पुुर्याउने बिषयमा कुुरा भइरहेको र यसप्रकारको कार्यले देशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।
अन्तराष्ट्रिय नेपाली मुुस्लिम समाज कतारका अध्यक्ष मो. मुुक्तदा मुुसलमानले खाडी राष्ट्रहरुबाट नेपालमा पर्यटक भित्रियाउन संस्कृतिक सभ्यतामा ध्यान पुर्याउन पर्ने बताउदै यहांका बिलासी पर्यटकका लागि त्यहि अनुुकुलको ब्यवस्थापनको नेपालमा खांचो रहेको बताए ।
अन्तराष्ट्रिय नेपाली मुुस्लिम समाजका अन्तराष्ट्रिय संयोजक प्रो.रमजान अलि मियाँले कतारी नागरीक पर्यटकका रुपमा नेपाल पुगेपछी उनीहरुले खोज्ने वातावरण, संभावित पर्यटनका प्रकृतिहरु, टे«किङ, ट्राभल्स, र्याफ्टीङ, जंगल सफारी, प्याराग्लाईडिङ लगायतका बिषयमा नेपाल पर्यटन बोर्ड तथा कतार टुरिजम अथोरिटीसंग समन्वय गर्दै श्रब्यदृष्य सामग्री सहित कतारमा बेलाबेलामा कार्यक्रमहरु गर्ने हो भने नेपालमा कतारी पर्यटक भित्राउन सहज हुने र यसका लागि आफुुहरु पत्रकार महासंघसंग सहकार्य गर्न इच्छुक रहेको बताए ।
यो पनि पढ्नुहोस् सर्वोच्च अदालतको आदेशः विदेशमा बस्ने नेपालीको मतदानको अधिकार सुनिश्चित गर
