अव एक भन्दा बढी ‘स्पोन्सर’सँग र ‘पार्ट टाइम’ काम गर्न पाइने, यस्तो छ प्रकृया

अवुधावी, चैत्र ५-

युएईमा अव निश्चित प्रकृया पुरा गरेर आँशिक समय(पार्ट टाइम) रोजगारी गर्न पाउने व्यवस्था भएको छ । मानव संशाधन मन्त्रालयले सोमवार यसको घोषणा गरेको हो । यसमा युएईमा कार्यरत विदेशी कामदार वा बाहिरबाट पनि आँशिक समय काम लगाउने गरी कामदार ल्याउन पाउने व्यवस्था गरिएको हो ।

नयाँ व्यवस्था युएईका नागरिक तथा अन्य मुलुकका नागरिक दुवैका लागि भएको मनत्रालयले प्रष्ट पारेको छ । यस्तो आँशिक समय काम गर्नेहरुले अव एक भन्दा बढी स्पोन्सरहरुको लागि काम गर्न सक्नेछन् । 

यसका लागि मन्त्रालयको अनुमति भनें लिएको हुनुपर्नेछ । यसरी आँशिक समय काम गर्न चाहनेहरुले पहिलो स्पोन्सरसँगै अन्य स्पोन्सरको पनि अनुमति लिएको हुनुपर्दछ । यसअघि नै मानव संशाधन मन्त्री नासिर थानी अल हमालीले युएईमा आँशिक समय काम गर्ने व्यवस्थ ागर्न लागिएको घोषणा गरेका थिए । मन्त्रालयले सोमवार गरेको घोषणा त्यसकै निरन्तरता हो ।

यो व्यवस्थाले रोजगारदाताको आवश्यकता पुरा गर्ने मानव संशाधन मन्त्री अल हमालीले बताएका छन् । यसैगरी यसले आप्रवासी कामदारप्रतिको निर्भरता घटाउने अपेक्षा पनि उनले गरेका छन् । त्यसैले युएईले यो व्यवस्थासँगै युएईका नागरिकलाई नै रोजगारीमा आकर्षित गर्न खोजेको अनुमान गर्न सकिन्छ ।

आँशिक समय काम गर्नेहरुले दैनिक ८ घण्टा भन्दा कम समय काम गर्नुपर्ने, साप्ताहीक रुपमा एकदिन विदा हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तो अनुमति एकपटकका लागि बढीमा ६ महिनाका दिइने मन्त्रालयले प्रष्ट पारेको छ । श्रीमान्, बाबु लगायतको स्पोन्सरमा युएई आएकाहरुले यसरी आँशिक समय काम गर्न सक्ने भनिएपनि भिजिट भिषामा आएकाहरुले भनें यसरी काम गर्न नपाउने प्रष्ट पारिएको छ ।

यो पनि पढ्नुहोस् बैदेशिक रोजगारका नाममा ठग्ने कसैलाई छोडिन्नः श्रम तथा रोजगार मन्त्री विष्ट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय