श्रम तथा रोजगार मन्त्रालय अलग्गै बनाउने निर्णय

काठमाडौं, चैत्र २-

श्रम तथा रोजगार मन्त्रालय छुट्टै मन्त्रालयका रुपमा रहने भएको यसअघि सो मन्त्रालय महिला, बालबालिका मन्त्रालयमा लगेर गाभिएको थियो

मन्त्रीपरिषद विस्तार गर्नूअघि सत्तारुढ दलहरु बीच तीनवटा मन्त्रालय थप्ने सहमति भएको हो संघिय समाजवादी फोरमलाई पनि सरकारमा सहभागि गराउन प्रयत्नस्वरुप मन्त्रालय नपुगेपछि तीनवटा मन्त्रालयलाई फुटाइएको हो

नेपालबाट बार्षिक झण्डै लाख नेपाली बैदेशिक रोजगारमा गइरहेको, देशको कुल ग्राहस्थ्य उत्पादनमा २७ प्रतिशतको हाराहारीमा विप्रेशणको योगदान रहेको अवस्थामा बैदेशिक रोजगार तथा आन्तरीक श्रम बजारलाई व्यवस्थीत गर्न पनि श्रम तथा रोजगार मन्त्रालयलाई अलग्गै मन्त्रालयका रुपमा राख्नु जायज मानिएको

तर प्रदेशमा पनि धेरै मन्त्रालय रहने भएका कारण खर्च धान्ने हिसावले केन्द्रमा थोरै संख्यामा मन्त्रालय राख्नु जनअपेक्षा हो यसअघि १७ वटा मात्र मन्त्रालय राख्ने निर्णय गरेका सत्तारुढ दलहरुले मन्त्रालय भागवन्डा मिलाउन नसकेपछि मन्त्रालय थपेर प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा समेत रहने गरी २१ मन्त्री तथा केहि राज्य मन्त्री बनाउने तयारी संविधानले नै २५ भन्दा धेरै मन्त्री बनाउन नपाउने व्यवस्था गरेका कारण यो सीमा भनें सरकारले काट्न सक्ने छैन

यो पनि पढ्नुहोस् आमाको विलौनाः मलेसिया गएको छोरोले हामीलाई विर्सियो की ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय