स्पोन्सर नै भागेपछि विचल्लीमा परेका २३ नेपालीको दूतावासले गर्यो उद्धार

रियाद, फागुन ३०-

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव आइपुगेर स्पोन्सर कम्पनी सम्पर्कमा नआएपछि अलपत्र परेका २३ जना नेपालीलाई नेपाली दूतावासले उद्धार गरेको छ । एजेण्टले अल्झाएर राखेका उनीहरुलाई दूतावासले निरन्तर प्रयत्न गरेर उनीहरुको नेपाल फिर्तिका लागि आवश्यक एक्जीट उपलव्ध गराएको हो ।

नेपाली दूतावासका अनुसार उनीहरुलाई नेपाल फर्काउन यथासक्य चाँडो हवाई टिकट उपलव्ध गराइदिन सम्वन्धित मेनपावर कम्पनीसँग समन्वय गरिदिन बैदेशिक रोजगार विभागलाई अनुरोध गरिएको छ । उनीहरु प्राइस ईन्टरनेशनल मार्फत साउदी पुगेका थिए ।

उनीहरुको खाना व्यवस्थाको लागि दूतावासको पहलमा सम्बन्धित म्यानपावरबाट ५ हजार रियाल  उपलब्ध गराइएको जनाइएको छ । यसैगरी मिथिला एकता समाजका महन्थ बिन्देश्वर यादवले थप आर्थिक सहयोग गरेको दूतावासले जनाएको छ ।

उद्धार गरिएका नेपाली

१. मुनेश्वर दगर

२. नबिन कुमार उराव

३. परमेश्वर उराव 

४. प्रभात कुमार उराव

५. पवन कुमार उराव

६. सन्जु उराव

७. पुष्पलाल उराव

८. राम जतन कामत

९. राम कुमार उराव

१०. राम लाल उराव

११. रंजित कुमार उराव

१२. रंजित उराव

१३. सगमलाल उराव

१४. सहदेव उराव

१५. संजय कुमार उराव

१६. सिताराम उराव

१७. युधिस्ठीर कामत

१८. उमेश उराव

१९. वौवालाल उराव

२०. देव कुमार उराव

२१. असोक कुमार उराव

२२. कालो उराव

२३. हेमन्त कुमार उराव

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय