बालिका दुव्र्यवहारको अभियोगमा एक नेपालीलाई तीन महिना जेल सजाय

दुवई, फागुन ३०-

४ बर्षे एक बालिकालाई दुव्र्यवहार गरेको अभियोगमा युएईमा एक नेपाली कामदारलाईं तीन महिनाको जेल सजाय भएको छ । २४ बर्षिय ति नेपाली क्लीनरका रुपमा कार्यरत रहेको स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् ।

एक ४ बर्षिय अरवी बालिकालाई दुव्र्यवहार गरेको अभियोगमा उनी पक्राउ परेका थिए । उनले ति बालिकालाई जवर्जस्ती बनिरहेको एउटा घरमा लगेको, उनको कपडा फुकालेको र चुम्वन गरेको अभियोग लागेको थियो । यसमा अदालतले उनलाई दोषि ठहर्याउँदै जेल सजाय तोकेको हो । उनलाई सजाय पुरा भएपछि नेपाल फर्काउन अदालतले आदेश दिएको छ । उनले यो निर्णयको विरुद्धमा १५ दिन भित्रमा पुनरावेदन गर्न सक्ने जनाइएको छ ।

यो पनि पढ्नुहोस् प्रहरीलाई बैदेशिक रोजगारको ठगि नियन्त्रणमा लगाउने गृहमन्त्रीको योजना, म्यानपावर कम्पनीको अनुगमन सुरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय