रिंगिट कहिले उकालो, कहिले आरालो लाग्दै, आज यस्तो छ रियाल, दिराम, दिनारको मूल्य       

काठमाडौं, फागुन २५-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ५९ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ७४ पैसा छ । बढेर २७ रुपैंयाँ नजिक पुगेको रिंगिटको मूल्य पुन थोरै घटेर स्थीर भएको छ । तर केहि महिनायता बृद्धि भएको रिंगिटको मूल्य दुई बर्ष अघिको हाराहारीमा छ ।

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ५४ पैसा र विक्रि दर २८ रुपैंयाँ ७१ पैसा छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ ३० पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४६ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ७१ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८७ पैसा छ ।

कुवेती दिनारको खरिददर ३४६ रुपैंया ३२ पैसा छ भनें विक्रि दर ३४८ रुपैंयाँ ३२ पैसा छ । बहराइन दिनारको खरिददर २७५ रुपैंयाँ ६५ पैसा छ भनें विक्रि दर २७७ रुपैंयाँ २४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस् विदेशमा श्रीमानले पसिना बगाएर कमाएको महत्व बुझेर नै यो काम थालें

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय