यो हप्ता रिंगिटको मूल्य बढ्ने अनुमान, यस्तो छ आजको दरभाउ

      

काठमाडौं, फागुन ६-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार मलेसियन रिंगिटको खरिद दर छ भनें विक्रि पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ४६ पैसा छ । पछिल्ला केहि दिनयता स्थीर रहेको रिंगिटको भाउ पुनः उकालो लागेको हो । यो साता डलरको तुलनामा रिंगिट बलियो हुने अनुमान मलेसियाका सम्वन्धित निकायले गरेको समाचार त्यहाँका सञ्चार माध्यमले प्रकाशित गरेका छन् । दुई बर्षभन्दा लामो समयसम्म कमजोर रहेको रिंगिटको मूल्य विगत झण्डै दुई महिनायता बृद्धि भइरहेको छ ।

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ १४ पैसा र विक्रि दर २८ रुपैंयाँ ३० पैसा छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ३२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४८ पैसा छ ।

कुवेती दिनारको खरिददर ३४२ रुपैंया ५६ पैसा छ भनें विक्रि दर ३४४ रुपैंयाँ ५७ पैसा छ । बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ ७३ पैसा छ भनें विक्रि दर २७३ रुपैंयाँ ३३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस् तीन महिनादेखि तलव नपाउँदा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय