क्वालालम्पुर, फागुन २-
एक सहकर्मी नेपालीको हत्या अभियोगमा मलेसियामा एक नेपालीलाई २२ बर्ष जेल सजायको फैसला भएको छ । मलेसियाको उच्च अदालतले बुधवार ति नेपालीलाई अर्का एक नेपालीको हत्यामा दोषि ठहर गर्दै सो सजाय सुनाएको हो । दुई बर्ष अघिको सो घटनामा ति व्यक्ति दोषि पाइएको अदालतको ठहर छ ।
सजाय सुनाइएका १९ बर्षिय सुजन श्रेष्ठले होम बहादुर मगर(३० बर्ष) को होष्टलमा हत्या गरेको अदालतले ठहर गरेको हो । घटना सन् २०१६ जुन ४ तारिखमा भएको थियो । यसअघि प्रहरीले श्रेष्ठलाई मृत्युदण्ड हुने कानून अन्तर्गत कानूनी प्रकृया अगाडी बढाएको भएपनि पछि मुद्धाको प्रकृति फेरेर आजीवन कारावासको सजाय हुने कानून अन्तर्गत मुद्धा दायर गरेको मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ । (तस्वीरः साँकेतिक रुपमा ईण्टरनेटबाट लिइएको हो)
यो पनि पढ्नुहोस् विदेश त्यागेर नेपाल, वित्तीय साक्षरताको कमाल
