क्वालालम्पुर, फागुन २-
मलेसियामा अधिकाँश कम्पनीले कामदारको तलवबाट लेभी काट्न छोडेका छन् । मलेसिया सरकारले जनवरी २०१८ देखि कामदारको तलवबाट लेभी काट्न नपाउने व्यवस्था गरेपछि कम्पनीहरुले कामदारको तलवबाट लेभि काट्न छोडेका हुन् ।
केहि कम्पनीहरुले भनें लेभीको नाममा रकम काट्न नपाइने भएपछि होष्टल शुल्क बढाएको गुनासो कतिपय कामदारले गरेका छन् । केहि नेपालीले स्थानीय ट्रेड युनियन, मलेसियन ट्रेड युनियन कँग्रेस(एमटीयूसी) मा पनि लेभी कटौती र होष्टल शुल्क बृद्धिका विषयमा गुनासो गरेका छन् । एमटीयुसीका अनुसार कतिपय नेपालीले भनें सहायताकक्षमा फोन गरेर आफू कार्यरत कम्पनीले अझै पनि लेभी काटिरहेको भन्दै सहयोग माग्ने गरेका छन् । त्यसरी फोन गर्नेहरुको सुचनाका आधारमा सम्वन्धित कम्पनीहरुसँग कुराकानी गरेर समस्या समाधान गरिरहेको एमटीयूसीका जुलथेले जानकारी दिए । उनले कुनै नेपालीलाई त्यस्तो समस्या भएमा जानकारी गराउन समेत आग्रह गरे ।
एमटीयूसीले लेभी कटौती लगायत कामदारको अधिकार हनन भएका घटना भएमा सुचना दिन आग्रह गरेको छ । एमटीयूसीको सो सुचना देशपरदेशले सुरु देखि नै नेपाली श्रमिकलाई जानकारी गराउँदै आएको छ । यो पनि पढ्नुहोस् लेभी काटियो ?यी नम्वरमा फोन गर्नुस्
तपाई मलेसियामा कार्यरत हुनुहुन्छ ? तपाईको कम्पनीले लेभी काट्दै छ की काट्दै छैन ? लेख्नुहोला
