घाइते हुँदा समेत छोडेन कम्पनीले

 

अम्विका दाहाल, खोटाङ, माघ २८-

मलेसियामा कार्यरत खोटाङ रतन्छाका २७ बर्षिय रोशन बिकलाई घाईते हुँदा पनि कम्पनीले काम गर्न बाध्य बनाएको काम गर्ने क्रममा लडेर भाँचिएको खुट्टा ठीक नभएकै अवस्थामा पनि बिकलाई काम गर्न बाध्य पारिएको हो

महिना अघि मलेसियाको मिनीउड कम्पनीमा काम गर्न पुगेका बिकको सोही कम्पनीमा काम गर्ने क्रममा लडेर खुट्टा भाँचिएको थियो मेनपावर कम्पनीबाट कार्पेण्टरको काम भनेर पठाए पनि उनलाई पेण्टिङको काममा लगाइएको थियो खुट्टा भाँचिएपछि पनिपैसा चाहिए काम गर्भन्दै आराम गर्न नदिने गरेको पीडित बिकको दुखेसो काम नगरे भोकै बस्नुपर्ने अवस्था आउने रोशनले बताएका छन्

शुरुमा उपचार नै नगराएको कम्पनीले सात दिनपछि अस्पताल लगेको  साथै काम गर्न लगाएको रोशन बिकले बताए राम्ररी उपचार समेत नभएको बताउने पीडित विकका अनुसार मेनपावर कम्पनीले मासिक हजार रिङ्गेट बेसिक तलब पाउने भनेर पठाए पनि मलेसियाको कम्पनीले भने दैनिक ज्यालादारीमा काम लगाउने गरेको नेपालमा भएको सम्झौता पत्रमा कार्पेण्टरको काम उल्लेख भए पनि सो बमोजिमको काम दाम नपाएको पीडितले जनाएका छन

घाईते भएपछि मलेसिया पठाउने कम्पनी लिंकस्टार मेनपावरमा नेपाल फर्कनका लागि सम्पर्क गर्दा समेत बेवास्ता गरेको उनले बताएका छन्   घर फर्कनका लागि पहल गरि माग्दा उल्टै लेबी, भिषा लगायतको खर्च करिब पाँच सय रिङ्गेट कार्यरत कम्पनीलाई बुझाउनुपर्ने मेनपावरले सर्त राखेको उता, काम गर्ने कम्पनीमा नेपाल फर्काईदिन आग्रह गर्दातेरो एजेण्टलाई भन्भन्ने जवाफ दिने गरेको रोशनले बताए

दैनिक ज्यालादारी बापतको रकम पनि नदिने कम्पनीले खानाका लागि साप्ताहिक ६० रिङ्गेट दिने गरेको पीडितको भनाई उक्त रकमले दिन पनि खान नपुग्ने गरेको रोशनले बताए

काम भएको दिन जवरजस्ती काम गर्न बाध्य पार्ने उक्त कम्पनीमा प्रायःजसो कामै नहुने रोशनले बताए सोही कम्पनीमा काम गरेर बस्नलाई खाना समेत नपुग्ने भन्दै नेपाल फर्काई माग्न रोशनले सहयोग मागेका छन्

यता, मेनपावर कम्पनीमा कार्यरत तारामणी राईले भने मेनपावर कम्पनीको गल्ती नभएको तर्क गरे रोशनलाई उपचार खानाबस्नको लागि अप्ठ्यारो भए आफुले रकम पठाईदिने भन्दाभन्दै पनि नेपाल फर्कनमा जोड गरेकाले समस्या भएको उनी बताउँछन् राईले आफुले पठाउँदा गरिएको प्रक्रिया सम्झौता अनुसार नै काम भईरहेकोमा लडेर घाईंते भएपछि नेपाल फर्कन हतार गरेपछि समस्या आएको बताए

हाल रोशनको आफन्तले मेनपावर कम्पनीले ठगी गरेको भन्दै वैदेशिक रोजगार बिभागमा कानुनी उपचारको लागि मुद्दा दर्ता गराएका छन् भनेको काम दाम नपाएको, उपचार पनि राम्रो नभएको भन्दै रोशनले सदरमुकाम दिक्तेल स्थीत सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा उद्दारको लागि सम्पर्क गरेका छन्

उद्दार तथा कानुनी उपचारको लागि आग्रह गरेपछि सूचना केन्द्रले परामर्श दिई बिभागमा मुद्दा दर्ता गराएको हाल पनि रोशन निरन्तर सूचना केन्द्रको सम्पर्कमा आई चाँडो उद्दारको लागि पहल गरिदिन आग्रह गरिरहेको केन्द्रले जनाएको

यो पनि पढ्नुहोस् जो स्वदेशमा नै महिनामा सवा लाख कमाउँछन् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय