कामदारबाट लेभी काट्ने/नकाट्ने बारेमा यसो भन्छन् मलेसियामा कार्यरत नेपाली

क्वालालम्पुर, माघ २०-

मलेसिया सरकारले जनवरी देखि कामदारबाट लेभी काटन् नपाउने र कुनै रोजगारदाताले काटेको भेटिएमा कडा कारवाही गर्ने भनेर गरेको घोषणा पूर्ण रुपमा कार्यान्वयन हुने नहुने बारेमा अझै अन्यौलता नै देखिएको छ । मलेसियामा कार्यरत नेपालीहरुले यस बारेमा आफूहरु अलमलमा नै रहेको बताएका छन् ।

मलेसियामा कार्यरत प्रेम हिराले लेभी कम्पनीले फ्री गरेको तर कोठा तथा पानीको शुल्क भनें उठाएको बताएका छन् । तर भीम भुजेलले भनें जनवरी देखि उनी कार्यरत कम्पनीले लेभी नकाट्ने जानकारी गराएको बताएका छन् ।

अनील सिंहका अनुसार उनी कार्यरत कम्पनीले भनें अहिलेसम्म कुनै जानकारी दिएको छैन । राजकुमार राईले लेभी बन्द भएको हो की होइन भन्ने बारेमा नै अझै अन्यौलता रहेको धारणा राखेका छन् । यसैगरी कृष्णप्रसाद शर्माले आफू मलेसिया आइपुगेको १० दिन मात्र भएको र नेपालबाट मेनपावर कम्पनीले तलवबाट लेभी नकाट्ने शर्तमा पठाएको जनाएका छन् ।

मलेसिया सरकारले गरेको घोषणा कार्यान्वयन हुनेमा आशावादी हुँदै मलेसियन ट्रेड युनियन काँग्रेस (एमटीयूसी) ले यदि कुनै कम्पनीले लेभी काटेमा आफ्नो संस्थामा जानकारी गराउन अनुरोध गरेको छ । त्यहाँ सम्पर्क गरेमा यसबारेमा मद्धत पाइनेछ । मलेसियामा कामदारसँग सम्वन्धित समस्या हल गर्ने महत्वपूर्ण निकाय ट्रेड यूनियन नै हो । 

लेभी काटिएमा के गर्ने त रु तपाईले एमटीयूसीको हटलाईन नम्वर ०६०१४३५३१२३१ मा फोन गर्नसक्नुहुन्छ । यसैगरी ०१४ ७३२२ ६६५ मा पनि फोन गर्न सक्नुहुन्छ । त्यहाँबाट बाँकी प्रकृयामा सहयोग मिल्नेछ । स्थानीय श्रम अदालतमा मुद्धा हालेर एमटीयूसीले रोजगारदाताबाट काटिएको रकम फिर्ता गराईदिन सक्छ । 

तपाई मलेसियामा नै कार्यरत हुनुहुन्छ भनें के तपाईको कम्पनीले कुनै जानकारी दिएको छ ? लेख्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय