रिंगिटको भाउ निरन्तर बढ्दै, २६ टेक्यो, कति छ रियाल, दिराम, दिनारको मूल्य ? 

      

काठमाडौं, माघ ७-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ ८७ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ २ पैसा छ । यो झण्डै दुई बर्षयताको उच्च मूल्य हो । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिटको मूल्य घटेर २३ मा झरेको थियो । पछिल्ला केहि महिनायता रिंगिट उकालो लाग्दैछ ।

यसैगरी कतारी रियालको खरिदर २७ रुपैंयाँ ९७ पैसा र विक्रि दर २८ रुपैंयाँ १३ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ७३ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८९ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया १६ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ३२ पैसा छ ।

कुवेती दिनारको खरिददर ३३९ रुपैंया २ पैसा छ भनें विक्रि दर ३४१ रुपैंयाँ २ पैसा छ । बहराइन दिनारको खरिददर २७० रुपैंयाँ १९ पैसा छ भनें विक्रि दर २७१ रुपैंयाँ ७८ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।  

यो पनि पढ्नुहोस् ३ महिनादेखि तलव नपाएका विक स्वदेश फर्किन सफल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय