काठमाडौं, माघ ७-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ ८७ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ २ पैसा छ । यो झण्डै दुई बर्षयताको उच्च मूल्य हो । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिटको मूल्य घटेर २३ मा झरेको थियो । पछिल्ला केहि महिनायता रिंगिट उकालो लाग्दैछ ।
यसैगरी कतारी रियालको खरिदर २७ रुपैंयाँ ९७ पैसा र विक्रि दर २८ रुपैंयाँ १३ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ७३ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८९ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया १६ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ३२ पैसा छ ।
कुवेती दिनारको खरिददर ३३९ रुपैंया २ पैसा छ भनें विक्रि दर ३४१ रुपैंयाँ २ पैसा छ । बहराइन दिनारको खरिददर २७० रुपैंयाँ १९ पैसा छ भनें विक्रि दर २७१ रुपैंयाँ ७८ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् ३ महिनादेखि तलव नपाएका विक स्वदेश फर्किन सफल
