मलेसियामा लेभी काट्ने नकाट्ने: के छ कम्पनीहरुको योजना ?

काठमाडौं, पुष ३०-

मलेसियाको सरकारले यहि जनवरीदेखि कामदारको तलवबाट लेवी काट्न नपाइने घोषणा गरेको छ । जनवरीको आधा महिना वितिसक्दा के अव लेवी काटिन्छ की काटिन्न त ? अन्यौलमा नै छ ।

सो घोषणापछि कम्पनीहरुले आफ्नो कम्पनीमा काम गर्ने कामदारहरुलाई के जानकारी गराएका छन् त ? यहि कुरा बुझ्न देशपरदेशले यसका बारेमा जानकारी दिन मलेसियमा कार्यरतहरुलाई आग्रह गरेको थियो ।

यसका बारेमा हीराकाजीले अहिलेसम्म कम्पनीले कुनै जानकारी नदिएको भन्दै मलेसियाको कानून दैव नै जानुन् भनेर लेखेका छन् । यसैगरी प्रेम गुरुङले आशा गरिएपनि भर पर्ने अवस्था भनें नभएको बताएका छन् । देव सुव्वाले पनि आफूहरुलाई कम्पनीले कुनै जानकारी नगराएको लेखेका छन् ।

लोक गुरुङले भनें आफ्नो कम्पनीले यसअघि देखि नै लेवी नकाटेको बताएका छन् । उनी फ्लेक्स कम्पनीमा काम गर्छन् । गणेश धमलाले भनें काट्न सक्ने सम्भावना रहेको बताएका छन् । भीम रिजालले राम्रो कम्पनीले पहिले पनि नकाटेको र नराम्रोले अझै पनि काट्ने विचार प्रकट गरेका छन् । 

तपाई मलेसियामा नै कार्यरत हुनुहुन्छ भनें तपाईको कम्पनीको के छ योजना, के कुनै जानकारी दिइएको छ ? लेख्नुहोस् 

यो पनि पढ्नुहोस् एनआरएनएको श्रमिकमैत्री व्यवहार  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय