व्यक्तिगत श्रम स्वीकृतिका लागि अनलाइन टोकन प्रणाली सुरु

 

काठमाडौं, पुष २६-

वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र वैधानिकिकरण) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । सोमवार देखि टोकन सुरु गरिएको हो । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउने विभागका प्रवक्ता मोहन अधिकारीले बताएका छन् । 

अधिकारीका अनुसार श्रमग्राममा श्रम स्वीकृति लिन जानेहरुले आधा घण्टाको समयको फरकको जानकारी पाउनेछन् । यसले श्रमग्राममा हाल रहँदै आएको भीड रोकिने अधिकारीले विश्वास व्यक्त गरे । अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् । टोकन लिएपछि कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्दा हुन्छ भन्ने कुरा सिस्टमले नै जानकारी दिनेछ । 

यो पनि पढ्नुहोस् दूतावासले उठाएर पठायो पाउन बाँकी तलव, बीमा वापतको ५ करोड २६ लाख

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय