जव मेसिन दाहिने हातमै बज्रियो …….

अम्विका दाहाल, खोटाङ, पुष २३-

झट्ट हेर्दा खोटाङका कुविर बुढाथोकीका दुवै हात सग्लै देखिन्छन् । कसैले पनि उनको दाहिने हात नक्कली हो भनेर खुट्याउन सक्दैन । तर हातपाखुरी बजारेर खानु पर्ने उमेका कुविरको दाहिने हात मलेसियाले चुँडाई दिएको छ । बैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेको ५ महिनामा नै दाहिने हात गुमाएपछि कुविर नेपाल फर्किएका हुन् ।

रुपाकोट मझुवागढि नगरपालिका ७ का कुविर मलेसियाको मेहेरु केलाङमा रहेको युनाइटेड भेहिकल्स कम्पनीमा गाडिको पार्टपुर्जा बनाउने काममा गएका थिए । गाडिको पार्टपुर्जा बनाउने सो कम्पनीमा तयार भएर आउने सामानलाई साईज मिलाएर काट्ने जिम्मा थियो कुविरको । पाटपुर्जा काट्ने मेसिनले राम्रोसँग काटेन भने त्यसमा तेल लगाएर काट्नु पर्दथ्यो । उनी सो काममा अभ्यस्त भइसकेका पनि थिए । तर त्यहि मेसिन माथी सारेर तेल लगाउदै गर्दा एकदिन अचानक मेसिन माथिबाट झर्यो र उनको हात त्यहीँ छिनाल्यो ।

दुर्घटनामा गरिखाने दाहिने हात नै गुमाएका कुविरको उपचार गरायो कम्पनीले । उनको घाउ निको भएपछि उनलाई नेपाल फिर्ता पठाइदियो । नेपाल फर्केर पनि लामै समयसम्म उपचार गराउनु पर्यो उनले । यसरी अपाङग भएपछि आफू दशा लागेर विदेश गएको रहेछु भन्ने लाग्छ कुविरलाई ।

उमेरले भर्खरै २३ पुगेका छन् । अर्थात सिंगो जीवन बाँकी छ गरिखान । घरमा श्रीमती र एक छोरा छन उनका । तर अव अरुकै सहारामा बाँच्नु पर्ने भएको उनको दुखेसो छ । उनी भन्छन “बिदेशबाट पैसा कमाएर ल्याउँला, परिवारसँग सुखसँग बसौंला भन्ने ठानेर बिदेश गएको थिएँ तर हात उतै चढाएर अपाङग बनेर फर्किनु पर्यो ।” 

यो पनि पढ्नुहोस् खाडीको पैसाको मूल्य घट्दै, मलेसियन रिंगिट बढ्दै  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय