काठमाडौं, पुष २०-
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखिकरण तालिम दिने एक संस्थालाई कारबाही गरेको छ । विभागले गौशालाको पशुपति ओरिएण्टेशन एण्ड टे«निङ सेन्टरको सबै कारोबार बन्द गरिदिएको छ । अब त्यहाँ विदेश जाने कामदार अभिमुखिकरण तालिममा सहभागी हुन पाउँदैनन् ।
मंगलबार अनुगमन गर्दा दुईजना कामदार तालिममा पुगेपनि प्रशिक्षक नभेटिएपछि कारबाही गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक राजकुमार श्रेष्ठले बताए । प्रशिक्षणमा सहभागीहरुको हाजिरी विभागबाटै हेर्न मिल्ने भएकाले अनुगमन गर्न सहज भएको श्रेष्ठको भनाई छ ।
यो पनि पढ्नुहोस् भनेको काम र दाम नपाएर विदेशबाट फर्केकाहरुले मेनपावर कम्पनीबाट फिर्ता पाए तिरेको रकम