दामोदर दाहाल, युएई, पुष ९-
दुवईमा शुभ यात्रा साँझ सम्पन्न भएको छ । सो अवशरमा नेपाली सांगीतिक क्षेत्रका चर्चित हस्तीहरु गायक रामकृष्ण ढकाल र हेमन्त राना, गायीका इन्दिरा जोशी, कार्यक्रम प्रस्तोता तथा कमेडियन सन्दिप क्षेत्री तथा अहिलेकी चकलेटी नायिका नम्रता सापकोटाले युएइमा रहेका नेपाली दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे ।
चर्चित कलाकारहरुको नृत्य, कमेडी र दमदार सांगीतिक माहौलले कार्यक्रम निक्कै नै रोमाञ्चक भएको थियो । हेमन्त रानाले सुन साईली चालिस कटेसी रमाउँला बोलको गीत गाउँदा दर्शकहरु धेरै रमाएका थिए । यसैसै गरि अहिलेका चर्चित हास्यकलाकार सन्दिप क्षेत्रीले दर्शकलाई धेरै कलाकारहरुको गीतका बारेमा पनि हाँस्यव्यंग्य गर्दै मनोरञ्जन गराएका थिए।
इन्दिरा जोशीको उत्कृष्ट आवाज र पहिरनले सम्पूर्ण दर्शकलाई मोहित पारेको थियो भने नम्रता सापकोटाको नृत्यमा दर्शकहरु दिल खोलेर नाचेका थिए ।
युएइका लागि नेपाली दूतावासका कार्यवाहक राजदुत नेत्रबहादुर टन्डनको प्रमुख आतिथ्यता, एनआरएन आइसीसी सचिव डीबी क्षेत्रीको बिशेष उपस्थिति रहेको उक्त सुभ यात्रा साँझ कार्यक्रममा युएइमा रहेका सामाजिक सस्था, पत्रकार महासंघ युएई, राजनीतिक पार्टीका भातृ संगठनका प्रमुखहरु अथिती रहेका थिए।
मनोज गोर्खालीको सभापतित्वमा सञ्चालित कार्यक्रमका सहभागिहरुलाई समिम खानले स्वागत गरेका थिए । सो अवशरमा एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ र एनआरएनए आइसिसि सचिव डीबी क्षेत्रीले शुभकामना मन्तब्य राखे । कार्यक्रमलाई रमेश क्षितिज र सुवास शर्माले आकर्षक ढंगमा सञ्चालन गरेका थिए । कार्यक्रमबाट संकलन हुने मुनाफा धादिङ र चितवनमा रहेका चेपाङ बालबालिकाहरू र हेटौंडामा रहेका मुस्लिम बालबालिकाहरूको दारुण कुरान मदरसाका लागि सहयोग गरिने आयोजक मध्येहरु मदन अधिकारी, मनोज गोर्खाली र समिम खानले जानकारी गराएका छन् ।
यो पनि पढ्नुहोस् बेचविखन नियन्त्रण गर्न र हराएका महिला खोज्न मोवाइल एप
