बैदेशिक रोजगारका नाममा ठग्ने व्यक्ति दुई बर्ष पछि पक्राउ 

काठमाडौं, पुष ४-

बैदेशिक रोजगारमा पठाइदिने भन्दै रकम ठगेर फरार भएका एकम व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ठगि गरेर फरार भएका लम्जुङका ४४ बर्षिय हरिबहादुर पाण्डे पक्राउ परेका हुन् ।

बैदेशिक रोजगारमा पपुवा न्यूगिनी पठाइदिने भन्दै विभिन्न व्यक्तिसँगग २७ लाख ४५ हजार ठगेको अभियोगमा उनलाई दोषि ठहर गर्दै बैदेशिक रोजगार न्यायाधिकरणले दुई बर्ष अघि नै २ बर्ष कैद र दुई लाख जरिवानाको फैसला गरेको थियो । फरार रहेका उनलाई प्रहरीले खोजि गरिरहेको थियो ।

केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगञ्जका अनुसार उनलाई पुष ३ गते काठमाडौंको बाँसवारीबाट पक्राउ गरिएको हो । उनलाई अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको प्रहरीले जनाएको छ । पाण्डेले वेलकम इन्टरनेशनल एजुकेशन फाउण्डेसनको नाममा रकम उठाएर ठगि गरेको अभियोगमा अदालतले उनलाई दोषि ठहर्याएको थियो । 

यो पनि पढ्नुहोस् भिजिट भिषाः चलिरहेकै छ दलालको कमाइ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय