काँग्रेसका कारण युवा खाडी जान बाध्य भएका हुन्ः ओली

भक्तपुर, मंसिर २८-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न राजनीतिक परिवर्तनले जनतामा नयाँनयाँ आकांक्षा जन्माउने बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन त्यस्तै एउटा परिवर्तन भएकाले यसले जनतामा विकास र समृद्धिको आकांक्षा जन्माएको ओलीको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरुको ज्ञापनपत्र आफ्नै निवास बालकोटमा बिहीबार बुझ्दै अध्यक्ष ओलीले ०४६ सालको परिवर्तनपछि देशमा निजीकरणका नाममा भ्रष्टीकरण बढेको बताए। निजीकरण र उदारिकरणका नाममा देशमा भएका ३८ वटा उद्योग कांग्रेसको पालामा बेचिएओलीले भने, ‘जसले गर्दा स्वेदशमा भएको रोजगारी समेत गुमेर आज लाखौं युवा खाडीमा पसिना बगाइरहेका छन्।

सम्पत्ति शुद्धिकरणका नाममा व्यावसायीलाई आफ्नो पूँजीलाई सहज ढंगले परिचालन गर्न रोक लगाएको समेत ओलीको भनाइ छ। आफ्नै खाताबाट १० लाख रुपैयाँ भन्दा बढी रकम झिक्न बन्देज लगाएपछि लगानीको वातावरण कसरी बन्छ ?’ ओलीको प्रश्न थियो सरकारको काम लगानी मैत्री वातावरण बनाएर व्यावसायीसँग कर उठाउने हो तर अनावश्यक बखेडा झिकेर गैर कानुनी रकम आर्जन गर्ने होइन।

अध्यक्ष ओलीले निजी क्षेत्रले विकास र समृद्धिका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्ने र सरकारले त्यसलाई सहज हुने गरी नीति बनाएर सहकार्य गर्ने बताए।

महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान, पद्म ज्योती, प्रदिपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य र भाष्करराज कर्णिकारले संयुक्त हस्ताक्षर गरेर बुझाएको ज्ञापनपत्रमा देशको संक्रमणकाल अन्त्यका लागि प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंशा गरिएको छ। अन्नपूर्ण पोष्टबाट 

यो पनि पढ्नुहोस् युएईमा नेपाली सामान कहिले ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय