आज कति छ रियाल, रिंगिट, दिराम र दिनारको मूल्य ?  

काठमाडौं, मंसिर १९-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २८ रुपैंयाँ २० पैसा र विक्रि दर २८ रुपैंयाँ ३६ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १२ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ३८ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५४ पैसा छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ २८ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ४३ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि रिंगिटको भाउ २५ रुपैंयाँ पुग्नु धेरै नेपालीका लागि खुशीको सन्देश हो ।

कुवेती दिनारको खरिददर ३४० रुपैंया १८ पैसा छ भनें विक्रि दर ३४२ रुपैंयाँ १७ पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ २७ पैसा छ भनें विक्रि दर २७३ रुपैंयाँ ८६ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस् छोरो साउदीमा जेल परेपछि विचल्ली

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय