काठमाडौं, मंसिर १२-
बैदेशिक रोजगारमा गएर श्रम स्वीकृतिको अवधि बाँकी रहेको अवस्थमा विरामी भई नेपाल फर्केर थप उपचारका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले आर्थिक सहायता उपलव्ध गराउने भएको छ । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सुचना प्रकाशित गर्दै त्यसरी विदेशम विरामी परी उपचार गराउँदै गरेको अवस्थामा नेपाल फर्केका र नेपालमा थप उपचारका क्रममा मृत्यु भएका व्यक्तिका लागि यस्तो सहयोग गर्ने जनाएको छ ।
बोर्डका अनुसार तर यसरी सहयोग पाउनेहरु २०७२ माघ १४ देखि २०७४ साउन १६ गते भित्रको घटना भएकाहरुका लागि मात्र सो व्यवस्था गरिएको हो । सो अवधिका त्यस्तो घटना भएको भएमा मृतकका हकवालालाई यथाशिघ्र निवेदन दिन बोर्डले आव्हान गरेको छ । यसरी विदेशमा उपचार गराउँदा गराउँदै नेपाल फर्केर सोही विरामीको उपचार गराउँदा गराउँदै र श्रम स्वीकृतिको अवधि बाँकी रहेको अवस्थामा मात्र यो सुविधा प्राप्त हुने बोर्डले जनाएको छ ।
२०७२ माघ १४ अघि यस्तै प्रकृतिको समस्या भएकाहरुका लागि यसअघि नै आर्थिक सहायता प्रदान गर्ने निर्णय भइसकेको हुनाले सो मिति पश्चातको मात्र समयसीमा तोकिएको बोर्डका सुचना अधिकारी ताराबहादुर कुँवरले बताए । उनले हाल बोर्डमा सो मिति पश्चातका झण्डै ३० वटा निवेदन रहेको र थप निवेदनहरु आउने आपेक्षा गरिएको भन्दै यसले अप्ठ्यारोमा परेका परिवारका लागि कल्याणकारी काम गर्ने बताए । हाल बैदेशिक रोजगार नियमावलीमा संशोधन भइसकेका कारण बैदेशिक रोजगारको क्रममा रहँदाको अवस्थामा कुनै स्वास्थ्य समस्या भएर स्वदेश फर्किएको र सोही समस्याको थप उपचार नेपालमा गराउँदा गराउँदैको अवस्थामा कसैको मृत्यु भएमा र श्रम स्वीकृतिको अवधि बाँकी नै रहेको अवस्थामा त्यस्तो परिवारले आर्थिक सहायता प्राप्त गर्ने अवस्था छ ।
यो पनि पढ्नुहोस्
थानेश्वरका लागि उठ्यो २९ लाख ३८ हजार, अव १३ लाख बाँकी
