यी हुन् कात्तिक महिनामा सवैभन्दा धेरै कामदार विदेश पठाउने म्यानपावर कम्पनीहरु

 

काठमाडौं, मंसिर ८-

कात्तिक महिनामा नेपालबाट बैदेशिक रोजगारमा सवैभन्दा धेरै कामदार पठाउने म्यानपावर कम्पनीमा द रिभर ओभरसिज परेको छ । सो म्यानपावर कम्पनीले गत कात्तिम महिनामा महिला र पुरुष गरी ६ सय ८७ जनालाई विदेश उडाएको छ ।

बैदेशिक रोजगार विभागका अनुसार दोश्रोमा एसओएस म्यानपावर कम्पनी रहेको छ । सो कम्पनी मार्फत ४ सय ४० जना रोजगारीका लागि विदेश उडेका छन् । यसैगरी तेश्रोमा साउण्डलाईन रिक्रुटमेण्ट प्राली रहेको छ । सो कम्पनी मार्फत ४ सय ३१ जना विदेश गएका छन् । चौथोमा कोशी ईण्टरनेशनल परेको छ जस मार्फत ३ सय ८७ जना बैदेशिक रोजगारमा गएका छन् । पाँचौमा अञ्जुलीमा ईन्टरनेशनल मार्फत ३ सय ४५ जना विदेश गएका छन् ।

यो पनि पढ्नुहोस्  

कसरी जोगाउने विदेशमा पैसा ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय