हिजो भन्दा बढ्यो रिंगिटको मूल्य, कति छ रियाल, दिराम र दिनारको मूल्य ?

काठमाडौं, मंसिर ७-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ४४ पैसा र विक्रि दर २८ रुपैंयाँ ६० पैसा रहेको छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ २० पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३६ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ६१ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७७ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ १९ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ३३ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि रिंगिटको भाउ २५ रुपैंयाँ पुग्नु धेरै नेपालीका लागि खुशीको सन्देश हो ।

कुवेती दिनारको खरिददर ३४२ रुपैंया ७० पैसा छ भनें विक्रि दर ३४४ रुपैंयाँ ६९ पैसा छ । बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ ९ पैसा छ भनें विक्रि दर २७५ रुपैंयाँ ६८ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस 

झ्यालबाट हाम्फालीसकेका एक नेपालीलाई खुटटामा समातेर बचाए साथिले

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय