रिंगिटको भाउ २५ रुपैंयाँ नजिक, कति छ रियाल, दिराम र दिनारको मूल्य ?

काठमाडौं, कात्तिक २६-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ५५ पैसा र विक्रि दर २८ रुपैंयाँ ७२ पैसा रहेको छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ ३० पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४७ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ७२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८८ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ८० पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ९५ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि २४ रुपैंयाँमा उक्लिएको रिंगिटले अव २५ रुपैंयाँ छुने बाटोमा अघि बढेको छ । यसले मलेसियामा कार्यरत नेपालीलाई राहत दिएको छ ।

कुवेती दिनारको खरिददर ३४३ रुपैंया ३४ पैसा छ भनें विक्रि दर ३४५ रुपैंयाँ ३२ पैसा छ । बहराइन दिनारको खरिददर २७५ रुपैंयाँ ७ पैसा छ भनें विक्रि दर २७६ रुपैंयाँ ६६ पैसा छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय