काठमाडौं, कात्तिक १५-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ३७ पैसा र विक्रि दर २८ रुपैंयाँ ५३ पैसा रहेको छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ १३ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २९ पैसा छ ।
यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ५५ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७१ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ४१ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ५५ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि बल्ल रिंगिट २४ रुपैंयाँ उकालो लागेको छ । यसले मलेसियामा कार्यरत नेपालीलाई राहत दिएको छ ।
कुवेती दिनारको खरिददर ३४१ रुपैंया ३७ पैसा छ भनें विक्रि दर ३४३ रुपैंयाँ ३६ पैसा छ । बहराइन दिनारको खरिददर २७३ रुपैंयाँ ९० पैसा छ भनें विक्रि दर २७५ रुपैंयाँ ४९ पैसा छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
आमा भन्छिन्ः विदेश गएको छोरो ज्यूँदै छ की खवर पाए हुन्थ्यो
