युएईबाट ईनासको सहयोग

 

युएई, कात्तिक १३-

अन्तरास्ट्रिय नेपाली कलाकार समाज (ईनास) युएईले लोक गायक पूर्ण गुरुङको उपचारको लागि १ लाख ३ हजार रुपैयाँ सहयोग गरेको छ । 

ईनासले गत शुक्रबार युएईको रस अल खैमहमा गायक नन्दु राई सुसेली साँझ कार्यक्रम आयोजना गरी उक्त रकम संकलन गरेको थियो । ईनास क्षेत्रिय समिति रसअल खैमहद्वारा आयोजित उक्त कार्यक्रममा बैदेशिक रोजगारीमा रहेर पनि संगीत क्षेत्रमा निरन्तर लागिपरेका गायक नन्दु राईले आफ्नो पछील्लो एल्बम सुसेलीका गीतका साथै अन्य गीतहरु गाएर मनोरन्जन प्रदान गरेका थिए । गायक नन्दु राईको सुसेलीमा समेटिएको पछील्लो गीत ‘आई लब यु’ ले निकै चर्चा कमाएको थियो ।

कार्यक्रममा कार्यवाहक राजदुत नेत्र बहादुर टण्डनको प्रमुख आतिथ्यता रहेको थियो । सोसल क्लबका अध्यक्ष सालीक सुबेदी, एनआरएन रस अल खैमहका अध्यक्ष जनार्दन सुबेदी, नेपाली जनप्रगतिशिल मन्चका अध्यक्ष दीपक बिष्ट लगायतको बिशेष अतिथ्यता रहेको कार्यक्रममा सन्कलित उक्त रकम गायक पूर्ण गुरुङलाई पठाइ सकिएको ईनासका महासचिब राम तामाङले जानकारी दिएका छन् । 

दुबै मृगौला खराब भएका गुरुङलाई उपचार गर्न आर्थिक समस्या भएपछी गुरुङकी श्रीमतीले सहयोगको लागि अपिल गरेकी थिईन् । गुरुङलाई देश बिदेशका नेपालीहरुलाई सहयोग गर्ने क्रम जारी छ ।

यो पनि पढ्नुहोस् व्लडमनी जुटाउन घरदैलो गर्दै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय