कति छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य ?

काठमाडौं, कात्तिक १३-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ५० पैसा र विक्रि दर २८ रुपैंयाँ ६७ पैसा रहेको छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ २६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४२ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ६७ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८३ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ४६ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ६१ पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि बल्ल रिंगिट २४ रुपैंयाँ उकालो लागेको छ । यसले मलेसियामा कार्यरत नेपालीलाई राहत दिएको छ ।

कुवेती दिनारको खरिददर ३४२ रुपैंया ७९ पैसा छ भनें विक्रि दर ३४४ रुपैंयाँ ७७ पैसा छ । बहराइन दिनारको खरिददर २७५ रुपैंयाँ ३२ पैसा छ भनें विक्रि दर २७६ रुपैंयाँ ९१ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

यो पनि पढ्नुहोस्   

व्लडमनी जुटाउन घरदैलो गर्दै   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय