काठमाडौं, कात्तिक ११-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शनिवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ४३ पैसा र विक्रि दर २८ रुपैंयाँ ५९ पैसा रहेको छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ २५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४२ पैसा छ ।
यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ६७ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८३ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ४६ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ६० पैसा छ । कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो । लामो समयपछि २४ रुपैंयाँमा उक्लिएको रिंगिट अव २५ रुपैंयाँ पुग्ने बाटोमा छ । यसले मलेसियामा कार्यरत नेपालीलाई राहत दिएको छ ।
कुवेती दिनारको खरिददर ३४३ रुपैंया १० पैसा छ भनें विक्रि दर ३४५ रुपैंयाँ ९ पैसा छ । बहराइन दिनारको खरिददर २७५ रुपैंयाँ ४ पैसा छ भनें विक्रि दर २७६ रुपैंयाँ ६३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
