ईजरायल, मकाउ र कोरिया पठाइदिने आश्वासनमा रकम ठग्नेहरु पक्राउ

 

काठमाडौ- वैदेशिक रोजगारीमा पठाइदिने भन्दै बिभिन्न व्यक्तिहरुबाट ४१ लाख रुपैयाँ असुलेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटका भाग्यमान तामाङ र गोर्खाका महेन्द्र गुरुङ हुन् । उनीहरु दुवैजनाले काठमाडौंमा बसेर विभिन्न व्यक्तिलाई आकर्षक तलवमा बैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगेपछि अदालतले दुवैलाई सजाय समेत तोकिसकेको छ । 

उनीहरुलाई काठमाडौं जिल्ला अदालतले २०७३ कात्तिक २२ गतेको ठगी मुद्दामा जनही २ वर्ष कैद र ८ लाख १७ हजार ९३३ रुपैयाँ जरीवाना तिराउने फैसला गरेको थियो । तर, उनीहरु फरार थिए । दुबै जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार काठमाडौंको धर्मस्थली र टोखाबाट पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा दुवै जनालाई अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको व्यूरोले जनाएको छ । 

भाग्यमान तामाङ र महेन्द्र गुरुङसहित तीन जना ब्यक्तिहरुले वैदेशिक रोजगारको लागि इजरायल, मकाउ र कोरिया समेतका देशमा आकर्षक तलब सुबिधामा पठाउने भन्दै ३२ जनाबाट सक्कल राहदानी लिई पटकपटक गरी ४१ लाख रुपैयाँ असुलेका थिए । रकम बुझेपछि उनीहरु फरार भएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय