‘मेरो छोरो बचाई दिनुस्’

 

काठमाडौं-

साउदी अरवमा सडकमा भएको दुर्घटनामा दोषि ठहर्याइएका नवलपरासीका थानेश्वर भुषालकी आमा यामकला भुषालले आफ्नो छोरो निर्दोष हुँदा हुँदै फसेको भन्दै उद्धारका लागि अपिल गरेकी छिन् । उनले परिवन्दमा परेर छोरो साउदीमा जेल परेको र हाल उनको स्वदेश फिर्तिका लागि ४५ लाख व्लडमनी तिर्नु पर्ने अवस्था आएको भन्दै उद्धारमा पहल गरिदिन आग्रह गरेकी हुन् ।

प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) तथा देशपरदेश डटकमले भुषालको उद्धारमा सहयोग गर्ने उद्धेश्यले बनाएको भिडियो सन्देश मार्फत उनले विश्वभरी छरिएर रहेका नेपालीलाई आफ्नो छोरोलाई उद्धार गरी स्वदेश फर्किने वातावरण निर्माण गरिदिन आग्रह गरेकी हुन् । भुषालका बारेमा हालै तयार पारिएको एक भिडियो काठमाडौंमा चलिरहेको गैर आवासिय नेपाली संघ(एनआरएनए) को आठौं विश्व सम्मेलनमा पनि प्रदर्शन गरिएको थियो ।

एक भारतीय चालकले चलाएको गाडीले पछाडीबाट ठक्कर दिंदा थानेश्वरले चलाइरहेको गाडी उछिट्टीएर अगाडीको कारमा लाग्न पुग्दा सो कारमा रहेका एक साउदी नागरिकको मृत्यु भएको थियो । ठक्कर दिने गाडीका भारतीय चालकको पनि सोहि घटनामा मृत्यु भएका कारण साउदी नागरिकलाई तिर्नुपर्ने व्लडमनीको ९० लाख मध्ये थानेश्वरको भागमा ४५ लाख तिर्नुपर्ने निर्णय साउदी अरवको अदालतले सुनाएको छ । भुषाललाई उनको कम्पनीले सवारी चालक अनुमतिपत्र नवनाइदिएको तर गाडी चलाउन बाध्य बनाएका कारण भुषाल समस्यामा परेका हुन् । 

हाल चार बर्षदेखि उनी साउदी अरवको एक जेलमा थुनिएका छन् ।   

 

उनका बारेमा तयार पारिएको भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/ZPTrnjZLH2c” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय