लक्ष्मण सापकोटा, युएई-
गैर आवासीय नेपाली संघ (एनआरएनए), युएईको अध्यक्ष पदको लागि शालिक सुवेदी र रमेश श्रेष्ठको उमेदवारी दर्ता भएको छ । यहि सेप्टेम्वर १५ का दिन हुन गईरहेको अधिवेशन मार्फत नयाँ नेतृत्वका लागि सुवेदी र श्रेष्ठले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक लक्ष्मण खनालले जानकारी दिए ।
२१ पदका लागि हुन गइरहेको निर्वाचनमा ३ उपाध्यक्ष पदको लागि भने नेत्र प्रसाद शर्मा, बालकृष्ण मरासिनी, लक्ष्मण श्रेष्ठ र नरवहादुर सेन सहित ४ जनाको उमेदवारी परेको छ । महासचिव पदका लागि भने कृष्ण प्रसाद पौडेल र निश्चल दाहाल विच प्रतिष्पर्धा हुने भएको छ । सचिव पदमा मिलन वहादुर गुरुङ र राजेश वोहोराको उमेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । कोषाध्यक्ष पदको लागि राजु केसी र वालकृष्ण अधिकारीले उम्मेदवार दिएका छन् । एक–एक जनाको मात्र उमेदवारी दर्ता भएको दुई पद महिला सञ्जाल प्रतिनिधीमा मोती कुमारी राई र युवा सञ्जाल प्रतिनिधीमा नविन पौडेल निर्विरोध निर्वाचीत हुने भएका छन् । सदस्यका लागि भने १८ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।
२ वर्षको कार्यकालको लागि हुन लागेको निर्वाचनमा भाग लिने सदस्यको संख्या २ सय ८७ रहेको निर्वाचन समितिका संयोजक खनालले जानकारी दिए । निर्वाचनको मिति नजिकीदै गर्दा यहाँ रहेका नेपालीको ध्यान निर्वाचनमा तानिएकोले अहिले युएई एनआरएनमय भएको छ ।
