नेपालीलाई पर्यो चिठ्ठामा कार

 

हरि कृष्ण न्यौपाने, कुवेत, भदौ २५-

बिगत ५ बर्ष देखीमा कार्यरत सिन्धुपाल्चोक चौतारा वाइवाछापका वीर बहादुर लामा (बम्जनले) बिईसी मनी एक्स्चेन्जबाट पैसा पठाउने ग्राहकहरुको कुपनलाई चिट्ठा मार्फत बिजेता बनाइने लक्की ड्रको प्रथम पुरुस्कार ‘जेरि कार’ जितेका छन। 

कार बिजेता वीर बहादुर कुवेतको सुबान स्थित अल साफा नेशनल कम्पनी सुबानमा सवारी चालकका रुपमा कार्यरत छन् । कार जीतेपछि वीर बहादुरले भने ‘भुकम्पले घर भात्किए पछी भर्खरै ऋण गरेर बनाउदै गरेको घरको ऋण तिर्न सजिलो हुने भयो।’ उनले आफू ऋण तिर्न बैकबाट ऋण लिने प्रकृयामा रहेको अवस्थामा चिठ्ठामा कार जितेपछि अव ऋण लिनु नपर्ने भएको बताए । उनले नगद लिएमा झण्डै १२ लाख पाउनेछन् । सेप्टेम्बर २ मा हसबियाबाट १ सय केडी घर पठाएका उनलाई सोही रकम पठाउने रसिदका आधारमा चिठ्ठा परेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय